काठमाडौँ, १२ भदौ । मेगा बैंक नेपाल लिमिटेडले ‘मेगा माया बचत खाता फेमिली फस्ट’ ल्याएको छ ।
बैकले उक्त योजना अन्तर्गत खातावाल तथा श्रीमान–श्रीमती लगायत दुई जना सन्तानका लागि यो खाता खोल्न सकिने जनाएको छ ।
यसबाट दुर्घटना मृत्यु बिमा, घातक रोग बिमा र उपचार खर्च समेत गरी एक परिवारका लागि नेको इन्स्योरेन्समा अधिकतम डेढ करोडसम्मको बिमा सुरक्षाको व्यवस्था गरिएको पनि बैंकले जनाएको छ । बैंकले खाता खोल्नका लागि न्यूनतम मौज्दात १० हजार, २० हजार र ३० हजारका तीन वटा विकल्पहरु राखेको छ ।





