हराएको कुकुर भेट्नेलाई घर र जग्गा पुरस्कार

एजेन्सी । अमेरिकाको टक्सनमा गत अप्रिलमा एडी कोलिन्सको जेनी नामको कुकुर हरायो ।

आफ्नो कुकुर हराएपछि एक व्यक्तिले प्रत्येक दिन कुकुरलाई खोजिरहे । जताततै खोजेपनि कतै पाउन नसकेपछि उनले कुकुर पाउने व्यक्तिलाई उपहार दिने निधो गरे । कुकुर खोजेर ल्याइदिने व्यक्तिलाई उनले एक बेडरुम भएको घर, उनको वर्कसप र जमिन उपहारस्वरुप दिने घोषणा गरे गरेका छन् ।

दुःखी एडी कोलिन्सले न्यूज फोर टक्सनलाई भने ‘मैले जताततै खोजिसकेँ । ‘म एक टुक्रा जमिन, एउटा बेडरुम भएको घरको प्रस्ताव दिँदैछु । म कुनै प्रश्न नसोधी जग्गा, वर्कसप सबै दिनेछु । म जेनी फिर्ता होस् चाहन्छु ।’

जेनीको फोटो समोतका एडीको फोटो निकै भाइरल भइरहेको छ । यसमा मेसेज लेखिएको छ, ‘के तपाईंले मलाई देख्नुभएको छ रु मलाई मेरो ड्याडीले खोजिरहनुभएको छ । यदि मलाई घर फिर्ता जान सहयोग गर्नुभयो भने उहाँले तपाईंलाई एउटा बेडरुम भएको घर, एउटा वर्कसप र जग्गा दिनुहुनेछ । यदि म कहाँ छु भनेर तपाईंलाई थाहा छ भने मलाई सुरक्षित घर फिर्ता हुन सहयोग गर्नुहोस्, त्यसपछि सबै तपाईंको हुनेछ । मेरो नाम जेनी हो ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असोज । नेकपा (एमाले)का महासचिव योगेश भट्टराईले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई तीन सुझावहरु दिएका छन् । आफ्नो

काठमाडौँ, २४ असाेज । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो शिक्षाप्रणालीले विद्यार्थीलाई केवल वर्तमानका लागि मात्र होइन; भविष्यका चुनौती र अवसरका लागि

काठमाडौँ, २४ असाेज । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा ६ हजार

काठमाडौँ, २४ असाेज । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले