चालक दलका सबै सदस्यले सुतिरहेकी महिलालाई विमानभित्रै छोडे !

एजेन्सी । एयर क्यानडाकी सुतीरहेकी एक यात्रीलाई चालक दलका सबै सदस्यले विमानभित्र छोडेर बाहिर निस्के ।

एयर क्यानडा विमानले उडान भरेपछि टिफनी एडम्स नाम गरेकी महिला महिला निदाइन् । जब उनको आँखा खोलियो तब विमानभित्र पूरा अँध्यारो थियो । त्यहाँ न यात्री थिए, न चालक चलका सदस्य । विमान पार्किङ एरियामा थियो ।

एमएसएन न्यूजका अनुसार टिफनी एडम्सले यो महिनाको सुरुमा उक्त विमानमा गरेको यात्राबारे आफ्नी साथीलाई बताएकी थिइन् । उनकी साथीले एयर क्यानडाको फेसबुक पेजमा यसबारे जानकारी दिइन् । उनले लेखिन्, ‘यात्राको क्रममा एडमको फोनको ब्याट्रि पनि सिद्धियो । यो उनका लागि एउटा खराब सपनाजस्तो थियो । आखिर यस्तो कसरी हुनसक्छ भनेर उनी सोचिरहेकी थिइन् । उनी राम्रोसँग सास फेर्न र आफूलाई प्यानिक अट्याकबाट बचाउने कोसिस गरिरहेकी थिइन् । एडमले त्यहाँ भएको हरेक युएसबी पोर्टबाट आफ्नो फोन चार्ज गर्ने कोसिस गरिन् तर विमानको बिजुली बन्द भएका कारण उनले यस्तो गर्न सकिनन् ।

एडमका अनुसार ककपिटमा एउटा टर्च भेटेपछि उनी विमानको ढोका खोल्न सफल भइन् । तर ढोका जमिनभन्दा करिब ५० फिट माथि भएको देखिन् । यस्तो स्थितीमा उनले टर्चबाट समान ल्याउने गाडीका ड्राइभरको ध्यान आफूतर्फ खिचिन् । ती ड्राइभरले एडमलाई विमानबाट निकाल्न मद्दत गरे ।

‘यो घटनापछि म निदाउन सकिरहेको छ । सुत्न खोज्दा झसङ्ग ब्युँझिने गर्छु,’ एडमले भनिन्, ।

 एयर क्यानडाले सिटिभी न्यूजसँग भन्यो, ‘हामी यो मामलामा अनुसन्धान गरिरहेका छौं । योभन्दा बढी जानकारी दिन सकिँदैन ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असोज । नेकपा (एमाले)का महासचिव योगेश भट्टराईले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई तीन सुझावहरु दिएका छन् । आफ्नो

काठमाडौँ, २४ असाेज । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो शिक्षाप्रणालीले विद्यार्थीलाई केवल वर्तमानका लागि मात्र होइन; भविष्यका चुनौती र अवसरका लागि

काठमाडौँ, २४ असाेज । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा ६ हजार

काठमाडौँ, २४ असाेज । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले