मोबाइल बन्द गरेमा सित्तैमा पिज्जा

एजेन्सी । अमेरिकाको क्यालिफोर्नियास्थित द करी पिज्जा नामक रेष्टुरेन्टमा आउने ग्राहकले यदि आफ्नो मोबाइल लकरमा राखेमा उनीहरुले सित्तैमा पिज्जा खान पाउनेछन् ।

उक्त रेष्टुरेन्टमा सित्तैमा पिज्जा पाउनका लागि भने एक्लै होइन कम्तिमा ४ जनाको समूहमा जानु पर्दछ र सबैसँग स्मार्टफोन हुनै पर्दछ । ग्राहकको फोनलाई लकरमा राख्नुअघि रेष्टुरेन्टका कर्मचारीले फोनको चेकजाँच गर्दछन् ता कि फोन सद्दे होस् । त्यसपछि फोनलाई लकरमा राखिन्छ ।

रेष्टुरेन्टमा खाना खाएर निस्कने बेलामा उनीहरुलाई आफ्नो फोन फिर्ता दिइन्छ तर उनीहरुले तत्कालै सित्तैमा पिज्जा  भने पाउने होइन । २४ घण्टाभित्र दोश्रो पटक रेष्टुरेन्टमा आएका बखत उनीहरुले सित्तैको पिज्जा पाउँछन् ।

यो अफर सुरु भएको करीब ३ हप्ता बितिसकेको छ । अहिलेसम्म रेष्टुरेन्टले ५० वटा ठूलो आकारका पिज्जा सित्तैमा बाँडिसकेको छ । मोबाइल लकरमा राखिदिएर सित्तैमा पिज्जा दिने अफर ल्याउनुको खास कारण भने यस्तो छ । वास्तवमा मानिसहरुमा मोबाइलको लत छुटाउन तथा समूहमा कुराकानी तथा छलफल गर्नका लागि प्रेरित गर्न रेष्टुरेन्टले यस्तो अफर ल्याएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

काठमाडौँ, ७ वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक