गायक तथा संगीतकार मदन दीपबिमको निधन

काठमाडौँ, १० वैशाख । गायक तथा संगीतकार मदन दीपबिमको निधन भएको छ ।

उहाँको सोमबार राती हृदयघातका कारण अमेरिकाको सन फ्रान्सिस्कोमा निधन भएको हो । गएको महिना हृदयघात भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । केही समय रेडियो नेपालमा समेत काम गर्नुभएको थियो ।

उहाँले गायिका शिवा बस्नेतसँग विवाह गर्नु भएको थियो । उहाँ छोरी ममतासँग बस्दै आउनुभएको थियो । उहाँको के भूल भयो प्रिया मसँग बोल्दिनौ, झस्केर दुख्छ यो मुटु मेरो उनैको यादमालगायत धेरै गीत चर्चित छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन हुनु

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज

काठमाडौँ, २५ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर