कार चोर्नेले ४ वर्षसम्म पेप्सी पिउन नपाउने

एजेन्सी । अमेरिकामा अदालतले कार चोरी गर्ने मानिसमाथि अनौठो सजायँको फैसला गरेको छ ।

अमेरिकाको हवाईस्थित अदालतले २१ वर्षका एक अभियुक्त विरुद्ध पेप्सी पिउन नपाउने फैसला गरेको हो । गत जुन महिनामा माउल क्षेत्रमा चोरीको कारसँगै पक्राउ परेका क्रिस्टोफर मोन्टीलियानोलाई अदालतले चार वर्षसम्म पेप्सी पिउन नपाउने फैसला गरेको छ ।

क्रिस्टोफरले उक्त कार आफ्नो भतिजको भएको र आफु कार चलाएर आफुलाई मनपर्ने पेय पदार्थ पेप्सी किन्न जान लागेको भनी अदालतमा  झुटो बयान दिएका थिए । क्रिस्टोफरलाई पेप्सीको अत्यधिक लत रहेको समेत बताइएको छ ।

उनको ढाँटेको प्रमाणित भएसँगै न्यायाधीशले अभियुक्तले आफ्नो मनपर्ने पेय पदार्थ पेप्सी चार वर्षसम्म पिउन नपाउने फैसला गरेकी हुन् । त्यो सँगै क्रिस्टोफरले १ सयघण्टासम्म समुदायमा जनश्रमदान गर्नुपर्नेछ भने १ सय डलर जरिवाना पनि तिर्नुप्र्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० साउन । बजारमा च्याउको मूल्यमा बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार सार्वजनिक गरेको पछिल्लो

काठमाडौँ, २० साउन । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ४२ सय रुपैयाँले

काठमाडौँ, २० साउन । सर्लाहीको पर्सा गाउँपालिका-६ स्थित सीमावर्ती क्षेत्रबाट स्रोत नखुलेको १३ लाख रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका छन्।

काठमाडौँ, २० साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ