नेपाल र चीनमा आएको बाढीप्रति राष्ट्रसंघका महासचिवद्वारा दुःख व्यक्त

काठमाडौँ, ११ भदौ । सयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

महासचिवका प्रवक्ता स्टेफेन दुजारिकद्वारा जारी विज्ञप्तिअनुसार, गुटेरेसले बाढीका कारण धेरै मानिसले ज्यान गुमाएको, कैयौँ बेपत्ता भएको र व्यापक विनाश भएको घटनाप्रति चिन्ता व्यक्त गरेका हुन्।

उनले ज्यान गुमाउनेका परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। साथै, यस विपद्बाट प्रभावित सबैप्रति उनले ऐक्यबद्धता जनाएका छन्।

संयुक्त राष्ट्रसंघले नेपाल सरकारको नेतृत्वमा भइरहेको विपद् प्रतिकार्यमा सहयोग गरिरहेको विज्ञप्तिमा उल्लेख छ। विपद्ले पुर्‍याएको क्षतिको आकलन गर्न र अत्यावश्यक सहायता उपलब्ध गराउन राष्ट्रसंघ सक्रिय रहेको बताइएको छ।

राष्ट्रसंघीय टोली र यसका मानवीय सहायता साझेदार संस्थाहरूले बाढी प्रभावित समुदायलाई सहयोग पुर्‍याउन आवश्यक राहत सामग्री र जनशक्ति परिचालन गरिरहेका विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ असोज । कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका पत्रकार किशोर श्रेष्ठ मिलापत्र कागज गरेर छुटेका छन् ।

काठमाडौँ, ३१ असोज । नेपालका विभिन्न श्रम सङ्गठनहरुले जलवायु वित्तको मागसहित श्रमिक अधिकारको संरक्षण तथा जोखिममा रहेका समुदायका आवश्यकताहरू सम्बोधन

काठमाडौँ, ३१ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्दा

काठमाडौँ, ३१ असोज । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत प्रतिनिधिसभा निर्वाचनपछि एक लाख ८७ हजार ६८६