नेपाल र चीनमा आएको बाढीप्रति राष्ट्रसंघका महासचिवद्वारा दुःख व्यक्त

काठमाडौँ, ११ भदौ । सयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

महासचिवका प्रवक्ता स्टेफेन दुजारिकद्वारा जारी विज्ञप्तिअनुसार, गुटेरेसले बाढीका कारण धेरै मानिसले ज्यान गुमाएको, कैयौँ बेपत्ता भएको र व्यापक विनाश भएको घटनाप्रति चिन्ता व्यक्त गरेका हुन्।

उनले ज्यान गुमाउनेका परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। साथै, यस विपद्बाट प्रभावित सबैप्रति उनले ऐक्यबद्धता जनाएका छन्।

संयुक्त राष्ट्रसंघले नेपाल सरकारको नेतृत्वमा भइरहेको विपद् प्रतिकार्यमा सहयोग गरिरहेको विज्ञप्तिमा उल्लेख छ। विपद्ले पुर्‍याएको क्षतिको आकलन गर्न र अत्यावश्यक सहायता उपलब्ध गराउन राष्ट्रसंघ सक्रिय रहेको बताइएको छ।

राष्ट्रसंघीय टोली र यसका मानवीय सहायता साझेदार संस्थाहरूले बाढी प्रभावित समुदायलाई सहयोग पुर्‍याउन आवश्यक राहत सामग्री र जनशक्ति परिचालन गरिरहेका विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

न्युयोर्क, १३ असोज । परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलंकाका विदेश, वैदेशिक रोजगार तथा पर्यटनमन्त्री विजिथा हेराथबीच भेटवार्ता भएको छ । 

काठमाडौँ, १३ असोज । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)को उपाध्यक्ष पदमा चयन भएको छ ।  कतारको राजधानी दोहामा जारी बैंकको

काठमाडौँ, १२ असोज । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मंसिर १ गतेदेखि काठमाडौँमा पशु बधशाला तथा मासु जाँच ऐनलाई प्रभावकारी

काठमाडौँ, १२ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला अदालतले अनुमति दिएकाे छ।