चुनाव जिते हरेक घरलाई १० लिटर रक्सी दिने घोषणा

एजेन्सी, १६ चैत । भारतको लोकसभा चुनावमा एकजना उम्मेदवारले अनौठो खालको अफर घोषणा गरेका छन् ।

तमिलनाडुका पेशाले सूूचिकार रहेका ५५ वर्षका शेख दाउद तीरुपुर लोकसभा क्षेत्रबाट चुुनावमा उठेका छन् ।

उनले उम्मेदवारहरुले आफ्ना मतदातालाई आकर्षित गर्नका लगि आफुले चुनाव जितेमा सबै मतदाताको घरमा १०–१० लिटर रक्सी सित्तैमा दिने घोषणा गरेका छन् ।

हरेक परिवारलाई १०लिटर रक्सी दिने घोषणा गर्दै आफुले मानिसहरुलाई बिगार्नका लागि रक्सी बितरण गर्ने योजना नबनाएको साथै उनले पुड्डुचेरीको शुद्ध ब्राण्डी रक्सी औषधि जस्तै हुने हुनाले हरेक महिना रक्सी वितरण गर्ने बताएका छन ।

उनले चुनावी घोषणापत्रमा विभिन्न १५ वटा बुँदा राखेका छन् । घोषणापत्रमा महिलाका लागि विशेष व्यवस्था गरिएको छ । आफुले चुनाव जितेमा निर्वाचत क्षेत्र भित्रका हरेक महिलालाई मासिक २५ हजार भत्ता दिने घोषणा पनि उनको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १३ कार्तिक । रुसले युक्रेनको निप्रोस्थित रेलवे स्टेसनमा ड्रोन आक्रमण गर्दा कम्तीमा १३ जनाको मृत्यु भएको छ । अन्य

एजेन्सी, १३ कार्तिक । भुटानको शिंताफू हिमतालबाट अचानक ठूलो परिमाणमा पानी बाहिरिएपछि आएको बाढीले मुख्य सडकको एक खण्ड बगाएको छ

एजेन्सी, १२ कार्तिक । भारतको आन्ध्र प्रदेशमा चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु भएको छ । घर, कृषिबाली र पूर्वाधारमा क्षति

एजेन्सी, १२ कार्तिक । माइक्रोसफ्टले कर्मचारी कटौती गर्ने घोषणा गरेको केही दिनमै ३६.६ अर्ब अमेरिकी डलरभन्दा बढी त्रैमासिक नाफा कमाएको