चुनाव जिते हरेक घरलाई १० लिटर रक्सी दिने घोषणा

एजेन्सी, १६ चैत । भारतको लोकसभा चुनावमा एकजना उम्मेदवारले अनौठो खालको अफर घोषणा गरेका छन् ।

तमिलनाडुका पेशाले सूूचिकार रहेका ५५ वर्षका शेख दाउद तीरुपुर लोकसभा क्षेत्रबाट चुुनावमा उठेका छन् ।

उनले उम्मेदवारहरुले आफ्ना मतदातालाई आकर्षित गर्नका लगि आफुले चुनाव जितेमा सबै मतदाताको घरमा १०–१० लिटर रक्सी सित्तैमा दिने घोषणा गरेका छन् ।

हरेक परिवारलाई १०लिटर रक्सी दिने घोषणा गर्दै आफुले मानिसहरुलाई बिगार्नका लागि रक्सी बितरण गर्ने योजना नबनाएको साथै उनले पुड्डुचेरीको शुद्ध ब्राण्डी रक्सी औषधि जस्तै हुने हुनाले हरेक महिना रक्सी वितरण गर्ने बताएका छन ।

उनले चुनावी घोषणापत्रमा विभिन्न १५ वटा बुँदा राखेका छन् । घोषणापत्रमा महिलाका लागि विशेष व्यवस्था गरिएको छ । आफुले चुनाव जितेमा निर्वाचत क्षेत्र भित्रका हरेक महिलालाई मासिक २५ हजार भत्ता दिने घोषणा पनि उनको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २३ असाेज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत Ms. Francoise Puig-Unza (फ्रान्स्वाज पुइग–इन्जा)

काठमाडौँ, २३ असाेज । जिल्ला भूमि समस्या समाधान समिति डधेल्धुराले साविकको जोगबुढा गाविस वडा नं १ (हाल परशुराम न.पा. वडा

महोत्तरी, २३ असाेज । महोत्तरीको एकडारा गाउँपालिका १ (साविक एकडारा गा.वि.स वडा नं १,२,३,४ र ६) का २५० परिवारले नापजाँच

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र