बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध

काठमाडौँ, १४ कार्तिक । वर्षासँगै पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र बेनी–दरवाङ सडक आज बिहानदेखि अवरुद्ध भएको छ । 

जिल्ला प्रशासन कार्यालयका अनुसार बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमाना फापरखेत पहिरोका कारण बेनी–दरवाङ तथा सिरुवारी, खामभित्तालगायत स्थानमा खसेको पहिरोले उक्त सडक अवरुद्ध भएको हो । 

झरी नरोकिएकाले अवरुद्ध सडक खुलाउन सडक विभाग र पूर्वाधार विकास कार्यालयको प्रयास असफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ कार्तिक । हुम्लाको दक्षिणी क्षेत्रमा भारी वर्षा भएको छ भने उत्तरी नाम्खा गाउँपालिकाका विभिन्न स्थानमा हिमपात भएको छ

काठमाडौँ, १४ कार्तिक । सिरहामा २५ हजार ५ सय रुपैयाँ बराबरका नक्कली नेपाली नोट सहित दुई जना पक्राउ परेका छन् ।

काठमाडौँ, १४ कार्तिक । वर्षासँगै पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र बेनी–दरवाङ सडक आज बिहानदेखि अवरुद्ध भएको छ ।  जिल्ला प्रशासन कार्यालयका

डोल्पा, १४ कार्तिक । जिल्ला कारागार डोल्पाबाट ८ जना कैदी सुरुङ खनेर भागेका छन् । ‎‎गएराति उनीहरू सुरुङ खनेर भागेको