अमेरिकाले युक्रेनलाई ५०० प्याट्रियट क्षेप्यास्त्र बिक्री गर्ने

एजेन्सी, १४ कार्तिक । अमेरिकाले युक्रेनलाई ५०० वटा प्याट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्र बिक्री गर्न स्वीकृति दिएको छ ।

रुसको बढ्दो हवाई आक्रमणबाट बच्न युक्रेनलाई अत्यावश्यक मानिएका यी क्षेप्यास्त्रको मूल्य २.१ अर्ब अमेरिकी डलर (करिब १.६ अर्ब पाउन्ड) रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार, उन्नत पीएसी–३ इन्टरसेप्टर क्षेप्यास्त्रको खरिदका लागि क्यानडा र युरोपेली सहयोगी राष्ट्रहरूले पूर्ण रूपमा आर्थिक सहयोग गर्नेछन् । यसमा अमेरिकाको कुनै सरकारी रकम खर्च हुने छैन। अमेरिकी कम्पनी लकहिड मार्टिनले क्षेप्यास्त्र निर्माण गर्नेछ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी निर्णयको स्वागत गर्दै युक्रेनलाई क्षेप्यास्त्र तत्काल आवश्यक रहेको बताएका छन्। तर, क्षेप्यास्त्र आपूर्ति हुन ‘केही वर्ष’ लाग्न सक्ने उनको चेतावनी छ । रुसले आगामी हिउँदअघि युक्रेनको ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र बनाएको छ । पछिल्लो दुई सातामा युक्रेनको विद्युत् प्रणालीका महत्त्वपूर्ण संरचनामा ३० भन्दा बढी रुसी आक्रमण भएको जेलेन्स्कीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ मंसिर । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले अनुसन्धान र नवप्रवर्तनमा लगानी

झापा, ९ मंसिर । काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कार्तिकमा राजस्व सङ्कलन लक्ष्यभन्दा १० प्रतिशत बढी

काठमाडौँ, ८ मंसिर । नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री  इन्जिनियर दीपक कुमार साह र नेपालका लागि युरोपेली राजदूतबीच आज शिष्टाचार

काठमाडौँ, ८ मंसिर । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँ कानुन थप्दै जाने तर पुराना कानुन संशोधन र खारेज गर्न ढिलाइ