‘डिजिटल नेपाल’ दिगो विकास, सामाजिक तथा आर्थिक वृद्धिको आधार : मन्त्री बाँस्कोटा

काठमाडौँ, १५ चैत । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले ‘डिजिटल नेपाल’ दिगो विकास, सामाजिक तथा आर्थिक वृद्धिको आधार भएको बताउनभएको छ ।

‘नेपाल लगानी सम्मेलन २०१९’ को पहिलो दिनको कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले सूचना प्रविधिसम्बन्धी नेपालको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै स्वदेशी तथा विदेशी उद्यमी र व्यवसायीलाई लगानी गर्न आह्वान गर्नुभयो । उहाँले ‘डिजिटल नेपाल परियोजना’लाई सार्थक बनाउन वैदेशिक लगानीकर्तालाई सूचना प्रविधिको क्षेत्रमा खुलेर लगानी गर्न आह्वान गर्नुभयो ।

सरकारले डिजिटल सम्पर्क सञ्जालमा सुधार गरेको उल्लेख गर्दै उहाँले नेपालमा पछिल्लो पटक इन्टरनेट र सूचना प्रविधिको प्रयोग बढ्दै गएको तथा फोरजी सेवासमेत शुरु गरेको अवगत गराउनुभयो । विद्युतीय सुशासनका लागि आवश्यक संरचना तयार गरी कार्यान्वयनतहमा पुगेको बताउँदै मन्त्री बाँस्कोटाले डिजिटल नेपाल परियोजनाले मुलुकको समग्र विकास, दिगो सामाजिक तथा आर्थिक वृद्धिको आधार तयार हुने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री बाँस्कोटाले भन्नुभयो, “उक्त परियोजनामा ठूलो लगानीको आवश्यकता छ, सरकारले आवश्यक कानून बनाई वैदेशिक लगानीको उचित वातावरण तयार पारेको छ, व्यापारिक राहदानी प्रक्रियालाई सहज बनाएका छौँ, लगानी सुरक्षाको ग्यारेन्टी गर्छौं ।”

लगानीका लागि प्रशासनिक प्रक्रियालाई सरलीकरण गरेको बताउँदै मन्त्री बाँस्कोटाले ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो । नेपालको संविधानअनुसार तीनै तहको निर्वाचन सम्पन्न भएपछि राजनीतिक स्थायित्व कायम भएको र स्थायी सरकार गठन भई विकासका योजनासहित अगाडि बढेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । मानव अधिकार तथा बालअधिकारको संरक्षणमा क्रियाशील विभिन्न क्षेत्रगत संघ महासङ्घ र नागरिक सङ्घसंस्था का प्रतिनिधिहरूले जलवायु शासन

काठमाडौँ, ७ असोज । नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग बुधबार भेटवार्ता गरेकी छिन् । अमेरिकी दूतावासका

काठमाडौँ, ७ असोज । सर्वोच्च अदालतले लोक सेवा आयोगद्वारा विज्ञापन गरिएको प्रशासन सेवा, सामान्य प्रशासन समूहतर्फका राजपत्राङ्कित द्वितीय श्रेणीका पदहरूको

काठमाडौँ, ७ असोज । विपद तथा जोखिमको बेलामा बालमैत्री स्थानीय शासनको बढी आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् । जागृति बाल तथा