सरकारको अर्को जनमुखी कदम : अव विदेश जाने लागि पनि सञ्चय कोष

काठमाडौँ, १५ माघ । सरकारले विदेशमा रहेका नेपालीलाई पनि सञ्चय कोष तथा सामाजिक सुरक्षा योजनामा समेट्न सरकारी कार्यदलले सिफारिस गरेको छ ।

आउँदो साउन १ गतेदेखि शुरु गर्ने गरी वैदेशिक रोजगारीमा रहेका नेपाली र जान चाहनेलाई सामाजिक सुरक्षा कोषमा समेट्नेबारे अध्ययन गर्न गठित कार्यदलले विदेशमा रहेका नेपालीलाई सञ्चय कोष तथा सामाजिक सुरक्षा योजनामा समेट्न सिफारिस सहित मंगलबार श्रममन्त्री गोकर्ण विष्टलाई प्रतिवेदन बुझाएको छ ।

वैदेशिक रोजगारीमा गएका, दोस्रो चरणमा विदेशमा व्यापार गर्ने नेपाली र तेस्रो चरणमा गैर आवासीय नेपालीलाई समेट्न सकिने प्रस्तावसहित सिफारिस गरेको छ ।

रोजगारीका लागि विदेश जाने कामदारले श्रम स्वीकृति वा पुनः श्रम स्वीकृति लिंदा नै सञ्चय कोषको दर्ता नम्बर पनि उपलब्ध गराउन सकिने प्रस्ताव कार्यदलले दिएको छ ।

आफ्नो आम्दानी अनुसार योजनामा सहभागी हुनेले रकम जम्मा गर्न सक्छन् । मासिक २ हजार रुपैयाँका दरले वार्षिक २४ हजार रुपैयाँ अनिवार्य जम्मा गर्नु पर्ने र अधिकतम ३ लाख रुपैयाँसम्म जम्मा गर्नुपर्ने हुन्छ ।

कोषमा रकम जम्मा गर्ने नेपालीले पेन्सन स्किम पनि रोज्न पाउने व्यवस्था गरिएको छ । साथै योगदानकर्ता ६० वर्ष पुगेपछि, शारीरिक तथा मानसिक रुपमा अशक्त भएमा, रोजगारीबाट फर्किएपछि, नियमित तीन वर्षसम्म योगदान नगरेमा एकमुष्ट पाउने रकम पाउने व्यवस्था गर्न कार्यदलले सुझाव दिएको छ ।

उमेर छउन्जेल विदेशमा पसिना बगाउने र उमेर ढल्किएपछि स्वदेश फर्किने नेपालीलाई सुरक्षाको प्रत्याभूति दिन यो कार्यक्रम ल्याइएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बताउनुभयो ।

जुन देशमा रहे पनि आफ्ना नागरिकलाई बुढेसकालमा सामाजिक सुरक्षाको प्रत्याभूति दिनका लागि यो कार्यक्रम आवश्यक रहेको भन्दै मन्त्री विष्टले आवश्यक नीति बनाएर कार्यन्यवन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित