सेन्ट जेभियर्सले गर्यो काव्य प्रवाह

काठमाडौँ, १३ माघ । सेन्ट जेभियर्स कलेज, माईतिघरले शनिबार २१औँ काव्य प्रवाह गोष्ठी सम्पन्न गरेको छ ।

कलेजले आफ्ना विद्यार्थी माझ गरेको कविता प्रतियोगितामा कक्षा १२ ए कि छात्रा अनिता खत्रीको कविता ‘मलाई त्यो मजस्तै लाग्छ’ प्रथम भयो । त्यस्तै कक्षा १२ सि का छात्र मोहम्मद अस्फाकको कविता ‘आत्महत्या हैन अन्तिम हत्या’ र कक्षा ११ सि का छात्र मोहन बुढाको कविता ‘किसान बा’ क्रमश द्वितिय र तृतिय भए ।

सेन्ट जेभियर्समै अध्ययन गर्ने विद्यार्थीहरूका ७० बढी कविताबाट बिभिन्न चरणमा छनोट गरी ७ जनालाई अन्तिम प्रतिस्पर्धामा पुर्याईएको थियो । अन्तिम सात कवितामा कक्षा १२ एफका सुजन क्षेत्रीको ‘आमा’, कक्षा ११ बि का विवेक बुढा मगरको ‘जीवन’, एम्एमसि दोस्रो सेमेस्टरका दिपकराज सन्जेलको कविता ‘जिन्दगी र दौड’ तथा बिएस्सी माईक्रोका विवेक राना क्षेत्रीको कविता ‘साइँला दाइ’ छनोट भएका थिए ।

पुरस्कृत कविहरूले प्रमुख अतिथि वरिष्ट कवि तथा संस्कृतविद् तुलसी दिवस, प्रिन्सीपल फादर जिजु भर्गिस एस् जे, भाईस प्रिन्सीपल फादर जोमन जोस एस जे, प्राचार्यद्वय खेम प्रसाईँ र देवेन्द्र पौडेलका हातबाट प्रमाणपत्र तथा मेडल प्राप्त गरे । यसका अलवा वर्षभरिनै भएक‍ो वाचनकला, निबन्ध तथा कथा लेखन प्रतियोगिता (अङ्ग्रेजी नेपाली)मा पनि पुरस्कृत भएका विद्यार्थीहरूलाई प्रमाणपत्र र मेडल प्रदान गरीएको थियो ।

वरिष्ट कवि तुलसी दिवसले सेन्ट जेभियर्समा अध्ययनरत साना भाइ बैनाले सुनाएको कविता राष्ट्रिय स्तरको कविता भएको भन्दै खुसी व्यक्त गरे । अतिथिका रुपमा उपस्थित प्राज्ञ डा। देवी नेपाल, ब्यङ्ग्य कवि लक्ष्मण गाम्नागे र युवा कवि जीवन खत्रीले पनि आ-आफ्ना कविता सुनाए । नेपाल आईडल तथा भारतिय टेलिभिजन सो सारेगमपबाट चर्चामा आएकी मेनुका पौडेलले समेत गीत गजल गायनको प्रस्तुती दिईन् । उनलाई गायन क्षेत्रमा योगदान दिएको भन्दै सम्मान पत्र समेत प्रदान गरिएको थियो ।

कविताका अलवा विद्यार्थीहरूले कुमारी नाच लगायत देशका बिभिन्न भु-भागमा देखाईने कल्चर नृत्य, गायन तथा बाद्दबादन बजाएर सांगीतिक धुन समेत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ भदाै । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत ग्राहकहरूलाई प्रधानमन्त्री दैवी प्रकोप

काठमाडौँ, १२ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बाेलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा आज बिहान ११

काठमाडाैँ, १२ भदौ ।  प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको भन्दै सरकारले भदौ १३ गतेदेखि सञ्चालन

काठमाडाैँ, १२ भदौ ।  संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि १ करोड अमेरिकी