ट्रकसँग एम्बुलेन्स ठोक्किँदा १ जनाको मृत्यु, ४ जना घाइते

सुनसरी, ७ पौष । सुनसरीमा ट्रकसँग एम्बुलेन्स ठोक्किँदा  १  जनाको मृत्यु र ४ जना घाइते भएका छन् ।

सोमबार बिहान नरसिंह गाउँपालिका-५ सुनसरी पुलमा बिरामी बोकेर गइरहेको को १ च ४९६ नम्बरको एम्बुलेन्स र  ना ७ ख ३५५३ नम्बरको ट्रकको ठोक्किएर एम्बुलेन्समा सवार बिरामी उदयपुरको गढी नगरपालिका ५ का ५० वर्षीय चेतबहादुर विकको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका एम्बुलेन्स चालक, परिचालकसहित ४ जनालाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा भर्ना गरिएको छ । दुर्घटनामा संलग्न दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको

काठमाडौँ, ७ असोज । २०८३ साल असोज ७ गते बुधबारको राशिफल ।  मेष : दिन राम्रो छ । सोचेका काम  बन्नेछन्

काठमाडौँ, ६ असोज । भक्तपुरको चाँगुनारायण नगरपालिका–०२ दुवाकोटमा मोटरसाइकलको ठक्करबाट अन्दाजी ६५ वर्षीय पुरुष पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, ६ असोज । बजारमा अनारको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकका