अमेरिकाले नेपाललाई थप ३१ मिलियन डलर सहयोग गर्ने

काठमाडौँ, ७ असोज । संयुक्त राज्य अमेरिकाले बाढीबाट प्रभावित नेपालको पुनः स्थापना तथा पुनर्निर्माणका लागि थप ३१ मिलियन अमेरिकी डलर सहयोग उपलब्ध गराउने भएको छ ।

न्युयोर्कमा मंगलबार अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकर र परराष्ट्रमन्त्री शिशिर खनालबीच भएको भेटवार्तामा अमेरिकाले नेपाललाई थप सहयोग गर्ने घोषणा गरेको हो ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार हुकरले प्रभावित क्षेत्रमा स्थायी रूपमा निर्माण गरिने पुलका लागि अमेरिकी संसद्सँग समन्वय गरी १० मिलियन अमेरिकी डलर सहयोग उपलब्ध गराउने पनि घोषणा गरिन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

अमेरिका, ७ असोज । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आफूले तीन वर्षअघि सगरमाथाको काखबाट जलवायु परिवर्तनको जोखिमबारे चेतावनी दिएकोमा अहिले

काठमाडौँ, ७ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate

काठमाडौँ, ६ असोज । बजारमा अनारको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकका

काठमाडौँ, ६ असोज । आज सेयर बजार ७.०६ अंक बढेको छ । यो वृद्धिपछि नेप्से परिसूचक २६५४ अंकमा कायम भएको छ