काठमाडौँ, ७ पौष । लक्ष्मी बैंकले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश दिने भएको छ ।
बैंकको १९ औं वार्षिक साधारणसभा सभाले बैंकको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी रु ९ अर्ब ८१ करोड पुगेको छ ।
साधारण सभाले आर्थिक वर्ष २०७५/७६ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । आ.व. २०७५/७६मा रु ८०.३२ अर्ब निक्षेप र रु ७७.८४अर्ब कर्जा पुर्याएको यस बैंकको वासलातको आकार रु १०६ अर्ब रहेको छ ।
सो आ.व.मा बैंकले १ अर्ब ५९ करोडखुद मुनाफा आर्जन गर्न सफल भएको छ । सन् २००२ मा स्थापना भएको लक्ष्मी बैंकले आज आफ्ना शाखाहरु तथा सूचना प्रविधिको माध्यमबाट बृहत स्तरमा सेवा प्रदान गर्न सफल भएको छ ।






