अमेरिकाद्वारा आफ्ना नागरिकलाई तत्काल १५ देश छोड्न निर्देशन

एजेन्सी, १९ फागुन । अमेरिका र इजरायलले इरानमाथि गरिरहेको निरन्तर आक्रमणका बिच अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट) ले मध्यपूर्वका एक दर्जनभन्दा बढी देशहरूमा रहेका आफ्ना नागरिकहरूलाई तत्काल ती देश छोड्न आग्रह गरेको छ ।

कन्सुलर मामिलाका लागि विदेश मन्त्रालयकी सहायक सचिव मोरा नामदारका अनुसार अमेरिकी नागरिकहरूलाई उपलब्ध व्यावसायिक उडान वा अन्य माध्यमको प्रयोग गरी बहराइन, इजिप्ट, इरान, इराक, इजरायल, कब्जा गरिएको वेस्ट बैंक र गाजा, जोर्डन, कुवेत, लेबनान, ओमान, कतार, साउदी अरब, सिरिया, संयुक्त अरब इमिरेट्स (यूएई) र यमन तत्काल छोड्न निर्देशन दिइएको हो । 

इरानमाथि भइरहेको आक्रमणको तीव्रता र इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको मृत्युले यस क्षेत्रमा तनाव चरम अवस्थामा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । आजदेखि देशभरका सिनेमा हलहरूमा एकसाथ तीन नयाँ नेपाली फिल्म प्रदर्शनमा आए । फिल्महरू ‘आचार्य’, ‘बा: एक योद्धा’

काठमाडौँ, ६ असोज । फिल्म ‘आबाट आमा २’ को टिजर रिलिज भएको छ । आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको कथानक

काठमाडौँ, ३ असोज । दीपकराज गिरी र दीपाश्री निरौलाको आगामी फिल्म ‘छ माया छपक्कै २’ दशैंको फूलपातीदेखि देशब्यापी प्रदर्शनमा आउने भएको

काठमाडौँ, ३ असोज । फिल्म ‘कबड्डी ५’ को प्रदर्शन मिति घोषणा भएको छ । यो फिल्म दशैं बिजयादशमीको ठीक दुई दिनपछि