अबुधाबीको इन्धन ट्याङ्क टर्मिनलमा ड्रोन प्रहार

एजेन्सी, १९ फागुन । संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबुधाबीस्थित एक इन्धन ट्याङ्क टर्मिनलमा ड्रोन आक्रमण भएको छ ।

मुसाफाह इन्धन ट्याङ्क टर्मिनललाई लक्षित गरी भएको सो ड्रोन प्रहारका कारण आगलागी भए पनि स्थिति तत्काल नियन्त्रणमा लिइएको अधिकारीहरूले जनाएका छन् ।

अबुधाबी मिडिया अफिसले जारी गरेको आधिकारिक विज्ञप्ति अनुसार, सुरक्षा निकायहरूले ड्रोन आक्रमणबाट उत्पन्न आगलागीलाई तुरुन्तै सम्बोधन गरी नियन्त्रणमा लिएको थियो । विज्ञप्तिमा भनिएको छ, ‘अबुधाबीका अधिकारीहरूले आज मुसाफाह इन्धन ट्याङ्क टर्मिनललाई ड्रोनले निशाना बनाएपछि उत्पन्न भएको आगलागीलाई सफलतापूर्वक नियन्त्रणमा लिइएको छन्।’

यस घटनामा कुनै पनि मानवीय क्षति वा चोटपटक नभएको अधिकारीहरूले स्पष्ट पारेका छन् । साथै, आक्रमणका कारण इन्धन टर्मिनलको नियमित सञ्चालन र कार्यसम्पादनमा कुनै असर नपरेको र स्थिति सामान्य रहेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । आजदेखि देशभरका सिनेमा हलहरूमा एकसाथ तीन नयाँ नेपाली फिल्म प्रदर्शनमा आए । फिल्महरू ‘आचार्य’, ‘बा: एक योद्धा’

काठमाडौँ, ६ असोज । फिल्म ‘आबाट आमा २’ को टिजर रिलिज भएको छ । आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको कथानक

काठमाडौँ, ३ असोज । दीपकराज गिरी र दीपाश्री निरौलाको आगामी फिल्म ‘छ माया छपक्कै २’ दशैंको फूलपातीदेखि देशब्यापी प्रदर्शनमा आउने भएको

काठमाडौँ, ३ असोज । फिल्म ‘कबड्डी ५’ को प्रदर्शन मिति घोषणा भएको छ । यो फिल्म दशैं बिजयादशमीको ठीक दुई दिनपछि