२४ विद्यालय निर्माण गर्न नर्वे सरकारको ८० करोड सहयोग

काठमाडौँ, १६ असोज । महाभूकम्प २०७२ बाट क्षति पुगेका २४ वटा शैक्षिक संस्था निर्माणका लागि नर्वे सरकारबाट करिब ८० करोड रुपैयाँभन्दा बढी सहयोग आउने पक्का भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, नेपालस्थित नर्वे्जियन राजदूतावास तथा युनाइटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (यूनओपीएस) बीच ती विद्यालय पुनर्निर्माणका लागि समझदारी भएको हो । नर्वे सरकारको करिब ८० लाख अमेरिकी डलर सहयोगमा सिन्धुली, रामेछाप, भक्तपुर र काठमाडौंमा विद्यालय बन्ने भएका छन् ।

परियोजनाअन्तर्गत रामेछापमा १३, सिन्धुलीमा नौ तथा काठमाडौं र भक्तपुरमा एक÷एक वटा विद्यालय पुनर्निर्माण हुने पुननिर्माण प्राधिकरणले जनाएको छ । जसमा १४४ वटा कक्षाकोठा रहनेछन् । अपांगमैत्री यी विद्यालयमा शौचालय र खानेपानीको सुविधा हुने बताइएको छ । विद्यालय पुनर्निर्माण भएपछि करिब ५ हजार ५ सय विद्यार्थी लाभान्वित हुनेछन् । ती विद्यालय १४ मंसिर २०७८ सम्ममा बनिसक्नुपर्नेछ ।

समझदारीपत्रमा प्राधिकरणका तर्फबाट सहसचिव पीताम्बर घिमिरे, नर्वे्जियन राजदूतावासका तर्फबाट नेपालका लागि राजदूत लास्से जोर्न जोहानेसे र यूनओपीएसका कन्ट्री डाइरेक्टर चाल्र्स क्यालानानले हस्ताक्षर गरेका छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को समेत प्रभाव

काठमाडौँ, १० कार्तिक । यस वर्ष तिहारमा देशभरि ५१ लाख ८० हजार वटा विभिन्न फूलका माला खपत हुने अनुमान गरिएको

काठमाडौँ, १० कार्तिक । प्रहरीले सुर्खेतमा हत्या आरोपमा एकजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार सुर्खेतको गुर्भाकोट नगरपालिका-८, सुन्दरनगर बस्ने

काठमाडौँ, १० कार्तिक । नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै ग्राहकहरुका लागि ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा