शिक्षक र विद्यार्थीलाई टिका, जमरासहित दक्षिणा पनि

काठमाडौँ, १५ असोज । हिन्दु धर्मावलम्वीहरुको ठुलो चाड वडादशैंको अवसर पारेर सुविधानगर तिनकुनेस्थित ट्रिटन सेकेण्डरी स्कुलका सबै विद्यार्थी, शिक्षक र कर्मचारीहरुलाई टिका, जमरा लगाइदिनुको साथै दक्षिणाका साथमा शुभकामना दिँदै दशैं विदा दिइएको छ ।

धेरैजसो विद्यालयले विद्यार्थीलाई टिका र जमरामात्रै लगाइदिने परम्परा रहि आएकोमा ट्रिटन स्कुलले भने विद्यार्थी, शिक्षक र कर्मचारी सबैलाई गतवर्षदेखि नै दक्षिणा समेत दिएर शुभकामना दिने परम्परा बसालेको हो ।

विद्यार्थीले विद्यालयमै उमारेर स्याहारेको पँहेलो जमरा र रातो टिका लगाइदिँदै ट्रिटन सेकेण्डरी स्कुल तथा ट्रिटन इन्टरनेशनल कलेजका कार्यकारी अध्यक्ष विश्वनाथ प्रसाद शाहले विद्यालयमा टिका लगाउने कार्यको शुरुवात गरेका थिए । कार्यक्रममा ट्रिटन इन्टरनेशल कलेजका प्राचार्य समिर शर्मा पनि सहभागी थिए ।

शिक्षक र कर्मचारीलाई विद्यालयका निर्देशक राजन सुवेदी तथा भाइस प्रिन्सिपल ममता शाहले टिका, जमरा लगाउँदै उमेर र पद अनुसार दक्षिणा बाँडेका थिए भने सबै विद्यार्थीहरुलाई टिका लगाई दक्षिणा र शुभकामना कार्ड समेत वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को समेत प्रभाव

काठमाडौँ, १० कार्तिक । यस वर्ष तिहारमा देशभरि ५१ लाख ८० हजार वटा विभिन्न फूलका माला खपत हुने अनुमान गरिएको

काठमाडौँ, १० कार्तिक । प्रहरीले सुर्खेतमा हत्या आरोपमा एकजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार सुर्खेतको गुर्भाकोट नगरपालिका-८, सुन्दरनगर बस्ने

काठमाडौँ, १० कार्तिक । नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै ग्राहकहरुका लागि ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा