शिक्षक र विद्यार्थीलाई टिका, जमरासहित दक्षिणा पनि

काठमाडौँ, १५ असोज । हिन्दु धर्मावलम्वीहरुको ठुलो चाड वडादशैंको अवसर पारेर सुविधानगर तिनकुनेस्थित ट्रिटन सेकेण्डरी स्कुलका सबै विद्यार्थी, शिक्षक र कर्मचारीहरुलाई टिका, जमरा लगाइदिनुको साथै दक्षिणाका साथमा शुभकामना दिँदै दशैं विदा दिइएको छ ।

धेरैजसो विद्यालयले विद्यार्थीलाई टिका र जमरामात्रै लगाइदिने परम्परा रहि आएकोमा ट्रिटन स्कुलले भने विद्यार्थी, शिक्षक र कर्मचारी सबैलाई गतवर्षदेखि नै दक्षिणा समेत दिएर शुभकामना दिने परम्परा बसालेको हो ।

विद्यार्थीले विद्यालयमै उमारेर स्याहारेको पँहेलो जमरा र रातो टिका लगाइदिँदै ट्रिटन सेकेण्डरी स्कुल तथा ट्रिटन इन्टरनेशनल कलेजका कार्यकारी अध्यक्ष विश्वनाथ प्रसाद शाहले विद्यालयमा टिका लगाउने कार्यको शुरुवात गरेका थिए । कार्यक्रममा ट्रिटन इन्टरनेशल कलेजका प्राचार्य समिर शर्मा पनि सहभागी थिए ।

शिक्षक र कर्मचारीलाई विद्यालयका निर्देशक राजन सुवेदी तथा भाइस प्रिन्सिपल ममता शाहले टिका, जमरा लगाउँदै उमेर र पद अनुसार दक्षिणा बाँडेका थिए भने सबै विद्यार्थीहरुलाई टिका लगाई दक्षिणा र शुभकामना कार्ड समेत वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १४ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ ।  Exchange Rate

अमेरिका, १४ भदौ । अमेरिकी सरकारले नेपालका बाढीपीडितका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको अतिरिक्त मानवीय सहायता उपलब्ध गराउने घोषणा

काठमाडैँ, १३ भदाै । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा पुनर्स्थापनाका