चेपाङ बस्तीमा विद्यालय बनाउन जापानको सहयोग

हटौंडा, १५ असोज । मकवानपुरमा विद्यालय बनाउन भन्दै जापान सरकारले शौचालय र स्नानकक्षसहितको ६ कोठे भवन बनाउन रु एक करोड आर्थिक सहयोग गरेको छ ।

राक्सिराङ गाउँपालिका–२ सरिखेतको कुडुलेमा रहेको प्रजा प्रगति आधारभूत विद्यालयको भवन बनाउन जापानी राजदूतावासले उक्त रकम सहयोग गर्ने सम्झौता गरेको हो । जापानी राजदूतावासका डेपुटी चिफ अफ मिसन युजो योशियोका र विद्यालयका प्रधानाध्यापक गोपालप्रसाद चौधरीले जापानी दूतावासमा आयोजित कार्यक्रमकाबीच सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको विद्यालयले जनाएको छ ।

विकट क्षेत्रमा रहेको यस विद्यालयमा कक्षा–८ सम्म पठनपाठन हुने र ८० प्रतिशत चेपाङ जातिका बालबालिका अध्ययन गर्ने प्रजाप्रगती स्कुलको भवन आगामी २०७७ असोज १४ गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को समेत प्रभाव

काठमाडौँ, १० कार्तिक । यस वर्ष तिहारमा देशभरि ५१ लाख ८० हजार वटा विभिन्न फूलका माला खपत हुने अनुमान गरिएको

काठमाडौँ, १० कार्तिक । प्रहरीले सुर्खेतमा हत्या आरोपमा एकजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार सुर्खेतको गुर्भाकोट नगरपालिका-८, सुन्दरनगर बस्ने

काठमाडौँ, १० कार्तिक । नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै ग्राहकहरुका लागि ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा