आफ्नो ब्वायफ्रेण्डसँग भेट्न शहरभरी सूचना

एजेन्सी । अष्ट्रेलियाकी एक युवतीले आफ्नो ब्वायफ्रेण्डसँग भेट गर्नका लागि शहरभरी सूचना पेश गरेकी छिन् ।

उनले प्रेमी भेट्नका लागी शहरका भित्ता(भित्तामा सन्देश लेखेकी छिन्, ‘क्रिस, यो संसारमा बच्चा आउनुअघि नै तिमीले मसँग कुराकानी गर्नु आवश्यक छ ।’

अस्ट्रेलियाको फ्रेन्कटाउनमा पार्क, पब्लिक बाथरुम, बार्बिक्यू तथा सबैजसो पर्खालहरुमा उनले सन्देश लेखकी छिन् । उनको त्यो कार्यबाट शहरका धेरै मानिस दिक्क भएका छन् । ती महिलाले लेखेका सन्देशहरुका तस्वीर मानिसहरुले सोसल मिडियामा शेयर गरिरहेका छन् । सबैले क्रिसलाई आग्रह गर्दै छिट्टै उनको सम्पर्कमा आउन भनिरहेका छन् ।

तर यति हुँदासम्म पनि ती महिलासँग उनका पूर्वप्रेमी क्रिसले अहिलेसम्म पनि भेटघाट गरेका छैनन् । उल्टै ती महिलालाई पुलिसले गिरफ्तार गर्यो । उनीमाथि जानुबुझी सार्वज्निक सम्पत्ति नोक्सान गरेको अभियोग लगाइएको छ । यद्यपि उनी धरौटीमा छुटिन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ वटा शव निकालिएको छ । सैनिक मुख्यालय जंगी अड्डाले टनेलको ढलान

काठमाडौँ, २ असोज । काठमाडौँको बुढानिलकण्ठ स्थित तारेभिरको जंगलमा जुवा खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीका अनुसार

काठमाडौँ, २ असोज । सुनसरीको इटहरी उपमहानगरपालिका–४ मा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान

काठमाडौँ, २ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१९ इनर्वाशिरामा ५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका