क्यानडा पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ, २ असोज । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका-२० बस्ने ४९ वर्षीया रिता गौतम र ३१ वर्षीय विमोचन राज कुँवर रहेका छन् ।

उनीहरूले क्यानडा पठाइदिन्छु भन्दै एक जना पीडितबाट १२ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्दै पीडितले उजुरी दिएका थिए। सोही उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई काठमाडौँ महानगरपालिका-१२ बाट नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ वटा शव निकालिएको छ । सैनिक मुख्यालय जंगी अड्डाले टनेलको ढलान

काठमाडौँ, २ असोज । काठमाडौँको बुढानिलकण्ठ स्थित तारेभिरको जंगलमा जुवा खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीका अनुसार

काठमाडौँ, २ असोज । सुनसरीको इटहरी उपमहानगरपालिका–४ मा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान

काठमाडौँ, २ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१९ इनर्वाशिरामा ५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका