संविधानको विकास र परिमार्जन गर्दै जानुपर्छ : वर्षमान पुन

काठमाडौँ, २ असोज । नेपाली कम्युनिस्ट पार्टीका सांसद एवं पूर्वमन्त्री वर्षमान पुनले संविधानका आधारभूत संरचनामाथि प्रहार गर्ने वा पुनर्लेखनतर्फ जाने प्रयासले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने बताएका छन् । 

आज काठमाडौँमा आयोजित ‘संविधान कार्यान्वयनको दोस्रो दशक: अवसर र चुनौती’ विषयक कार्यक्रममा बोल्दै उनले संविधान निर्माणका क्रममा भएको सङ्घर्ष र बलिदानबाट स्थापित उपलब्धिलाई सहजै नकार्न वा कमजोर पार्न नहुने बताए । पुनले सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता र सामाजिक न्यायलाई संविधानका आधारभूत फाउन्डेसनका रूपमा व्याख्या गर्दै यी संरचनालाई कमजोर पार्ने प्रयासले मुलुकमा अर्को चरणको द्वन्द्व निम्त्याउन सक्ने चेतावनी दिए ।

उनले बदलिँदो शक्ति सन्तुलन, नयाँ राजनीतिक शक्ति तथा नयाँ सम्भावनालाई सम्बोधन गर्दै संविधानको विकास गर्दै जानुपर्ने बताए । त्यसो गर्न सके मुलुकले राजनीतिक स्थायित्व प्राप्त गर्ने उनको भनाइ छ । 

उनले भने, ‘बलिदान र सङ्घर्षबाट प्राप्त उपलब्धिलाई सजिलै नकार्ने वा कमजोर पार्ने प्रयासले फेरि अर्को द्वन्द्व निम्त्याउन सक्छ । त्यसैले अहिलेको शक्ति सन्तुलनलाई ध्यानमा राख्दै नयाँ शक्ति र सम्भावनाहरूलाई पनि सम्बोधन गर्दै संविधानको विकास र परिमार्जन गर्दै जानुपर्छ। यसबाट देशले स्थायित्व पनि प्राप्त गर्छ ।’ पुनले थप भने, ‘सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता र सामाजिक न्यायजस्ता संविधानका आधारभूत फाउन्डेसनमै प्रहार गर्ने वा संविधान पुनर्लेखनतर्फ जाने प्रयास गरियो भने देश फेरि अर्को चरणको द्वन्द्वतर्फ जाने जोखिम रहन्छ भन्ने मेरो धारणा हो ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ वटा शव निकालिएको छ । सैनिक मुख्यालय जंगी अड्डाले टनेलको ढलान

काठमाडौँ, २ असोज । काठमाडौँको बुढानिलकण्ठ स्थित तारेभिरको जंगलमा जुवा खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीका अनुसार

काठमाडौँ, २ असोज । सुनसरीको इटहरी उपमहानगरपालिका–४ मा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान

काठमाडौँ, २ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१९ इनर्वाशिरामा ५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका