काठमाडौँ, ९ साउन । आज बिहीबार नेप्से दोहोरो अंकले घटेको छ ।
मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट शेयर परिसूचक नेप्से १४ अंकले घटेर १ हजार २ सय ७० अंक भन्दा तल झरेको छ ।
सेन्सेटिभ परिसूचक पनि घटेको छ । नेप्से घटेको भएपनि ५५ कारोड रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा आएका अधिकांश समुहका परिसूचकहरु घटेका छन् । प्रभु बैंकको वित्तीय विवरण प्रकाशित भएपछि बिहीबार शेयर कारोबार बढेको छ ।
नेप्से घटेपनि नेपाल लुबी ओयलका शेयरधनीले सबैभन्दा बढी ९ प्रतिशतले कमाएका छन भने युनियन हाइड्रोपावरका शेयरधनीले सबैभन्दा धेरै ९ दशमलव ५ प्रतिशतले गुमाएका छन् ।






