काठमाडौँ, ८ साउन । आज बुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ ।
आज सुन स्थिर रहदै छापावाला सुन प्रतितोला ६५ हजार रुपैयाँमै कारोबार भइरहेको छ भने तेजावी सुन पनि स्थिर रहदै प्रतितोला ६४ हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदी तोलामा १० रुपयाँले बढेर प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





