नेप्सेमा सामान्य सुधार

काठमाडौँ, ६ साउन । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.४८ विन्दुले बढेर एक हजार २७१.२३ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१९ विन्दुले बढेर २७३.५० मा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कारोवार भएका कूल ११ उपसमूह मध्ये तीन उपसमूहको शेयर आरोलो लागेको छ । त्यसमा निर्जीवन बीमा कम्पनी २१.८३, जीवन बीमा ६.४ र सामूहिक लगानी कोष ०.१९ विन्दुले घटेको छ । यस्तै बैंकिङ २.३४, होटल १७.०९, विकास बैंक १.७, जलविद्युत् ५.७३, वित्त ०.८७, उत्पादन ७.४५, अन्य २.०६ र लघुवित्त ७.४८ विन्दुले बढेको छ ।

स्टकका अनुसार कारोवारका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको कूल रु दुई करोड ३६ लाख ९८ हजार ६५ बराबरको कारोबार भयो । यस्तै, सिभिल बैंक रु एक करोड ६७ लाख ८८ हजार १४२, नबिल बैंक रु एक करोड ५८ लाख ५९ हजार ९२१, शिवम् सिमेन्ट रु एक करोड ४८ लाख ५९ हजार ६०३ र नेपाल बैंक रु एक करोड १० लाख ६३ हजार ५९२ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले आज ६.९३ प्रतिशतले कमाए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । अर्थमन्त्री स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षमा  ७/८ अर्ब अनुदान प्राप्त गर्न पनि गाह्रो अवस्था भएको बताएका छन्

कपिलवस्तु, २० कार्तिक । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका २६१ परिवारले लामो समयको प्रतीक्षापछि गाउँब्लक जग्गाको जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका

काठमाडौँ, २० कार्तिक । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नापी विभागद्वारा गत २०८३ असोज २३ गते

काठमाडौँ, १९ कार्तिक । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका छन्  । प्रधानमन्त्री शाहले