काठमाडौँ, ५ साउन । आज आइतबार सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा ५ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





