काठमाडौँ, ३ साउन । माछापुच्छ्रे बैङ्कले एक अर्ब ७० करोड रुपैयाँ ३५ लाख ३५ हजार रुपैयाँ खुद नाफा गरेको छ ।
गत वर्षको यसै अवधिको तुलनामा ३६.३२ प्रतिशतले नाफा बढेको हो । बैङ्कले ब्याज आम्दानीबाट ३ अर्ब ५३ करोड ९९ लाख ४७ हजार रुपैयाँ कमाएको छ । यो गत वर्षको तुलनामा २९ प्रतिशतले बृद्धि हो ।
बैङ्कले स्प्रेडदर घटाएर ४.२७ प्रतिशतमा झारेको छ । बैङ्कको आधारदर १०.३७ प्रतिशत छ । बैङ्कको प्रतिसेयर आम्दानी २१ रुपैयाँ १४ पैसा रहेको छ ।




