काठमाडौँ, २ साउन । शेयर बजारमा परिसूचक नेप्से घटेको छ ।
कारोबार सुरु भएपछि केही समय बढेको बजार बन्द हुँदा सम्म २ अंकल बढीले घटेको छ ।
बिहीबार २.३७ अंकले घटेर १२७२.४९ विन्दुमा पुगेको हो । बजार समग्रमा ०.१९ प्रतिशतले घटेको हो । १५८ कम्पनीको ४१ करोड १३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १२ लाख ५० हजार ७०८ कित्ता सेयर खरिदबिक्री भएका छन् ।
कुल ११ वटा कम्पनीको सेयर कारोबार भएकामा ३ वटा समूहका सूचक बढेका छन् भने बाँकी समूहका सूचक तल झरेका छन् । वाणिज्य बैंक समूहको सूचक १.३५५ ले ओरालो लागेको छ ।
कारोबार रकममा छिमेक लघुवित्त विकास बैंकको संस्थापक सेयरले अग्रता लिएको छ । यसको ५ करोड १७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो ।






