नेप्सेमा गरेको लगानी निकाल्दै राष्ट्र बैंक

काठमाडौँ, ३१ असार । नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्सचेञ्जमा गरेको लगानी बिक्री गर्ने भएको छ ।

राष्ट्र बैंकले मंगलबार सार्वजनिक सूचना जारी गर्दै नेप्सेमा रहेको आफ्नो सेयर स्वामित्व बिक्री गर्न लागेको हो । नेप्सेमा राष्ट्र बैंकको १७ लाख २९ हजार ९ सय ८९ कित्ता सेयर लगानी रहेको थियो ।

प्रतिकित्ता १ हजार ३२ रुपैयाँ न्यूनतम मूल्य तोक्दै राष्ट्र बैंकले बोलकबोलमार्फत आफ्नो सेयर बिक्री गर्न खोजेको हो । उक्त सेयर बैंक तथा वित्तीय संस्था, धित्रोपत्र व्यवसायीका सँगै सुचीकृत संगठित संस्थाले आवेदन दिन पाउने उल्लेख गरिएको छ । सूचनामा जनाइए अनुसार भदौ २ गतेसम्म आवेदन दिन मिल्ने छ भने भदौ ४ गते बोलपत्र खुला गरिनेछ ।

नेप्सेमा सबैभन्दा धेरै लगानी नेपाल सरकारको रहेको छ । नेपाल सरकारपछि सबैभन्दा ठूलो लगानी भएको राष्ट्र बैंकले आफ्नो लगानी बिक्री गर्न लागेको हो । नेप्सेमा नेपाल सरकारको ५८.६६ प्रतिशत सेयर लगानी रहेको छ भने राष्ट्र बैंकको ३४.६० प्रतिशत लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपालीहरूको दोस्रो ठुलो चाड तिहार (दीपावली) तथा छठ पर्वलाई लक्षित गरी चालु आर्थिक वर्ष (२०८३/०८४) को पहिलो

काठमाडौँ, २० कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २० कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Code Name

काठमाडौँ, १९ कार्तिक । आज सेयर बजार १२.९५ अंक घटेको छ । यो कमीसँगै बजार परिसूचक नेप्से २६५२ अंकमा कायम