काठमाडौँ, २२ असार । आइतबार नेपाल स्टक एक्सचेन्जमा सस्तो शेयर मूल्य भएका वाणिज्य बैंकको शेयर कारोबार बढेको छ ।
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुबीच मर्जर गराउने गरी मौद्रिक नीति ल्याउने तयारी गरेपछि साना र सस्तो शेयर भएका बैंकहरुमा लगानीकर्ताको आकर्षण बढेको हो ।
जसले गर्दा शिभिल बैंक, मेगा बैंक, सेन्चुरी कमर्शियल बैंक, कुमारी बैंक लगायतका बैंकहरुको शेयर कारोबार बढेको छ । तर बजारमा विक्रीचाप बढ्दा नेप्से परिसूचक ४ दशमलव ४५ अंकले घटेको छ ।
सेन्सेटिभ परिसूचक पनि घटेको छ । १ सय ७३ कम्पनीको ५४ करोड रुपैयाँ बढीको शेयर कारोबार भएको छ । परिसूचक नेप्से घटेपनि स्वाभलम्बन लघुवित्तका शेयरधनीले सबैभन्दा बढी १० प्रतिशतले कमाएका छन् । दिब्येस्वरी हाइड्रोपावरको शेयर मूल्य पनि ९ प्रतिशत भन्दा बढी बढेको छ । जनउत्थान लघुवित्तका शेयरधनीले भने ११ प्रतिशतले गुमाएका छन् ।






