हेर्नुहोस दही-चिउरा खानुको फाइदा

काठमाडौँ, १५ असार । आज असार १५ दही चिउरा खाने दिन भनेर आजको दिनलाई चिनिन्छ ।

दही चिउरा असार पन्ध्रमा मात्र खाने परिकार होइन । यो वर्षायामको खाजा हो । वर्षायाममा अरु खानेकुरा सड्ने, गल्ने, बासी हुने भएकाले दही-चिउरा उपयोगी मानिन्छ ।

वर्षायाममा किसानहरुलाई काम चटारो परेको हुन्छ त्यसैले छिटोमिठो खाजानै दही-चिउरा मानेर नास्ताको रूपमा लागि खाने गर्दछन ।

दही चिउरा सेवन गर्नु स्वास्थ्यसँग पनि सम्बन्धित छ । वर्षायाममा झिंगा, लामखुट्टे, साङ्लाको माध्यामबाट खानेकुरामा संक्रमण सर्ने गर्दछ ।  यसैगरी गर्मीले गर्दा चाडै सड्ने, गल्ने हुन्छ । त्यसैले पकाएको वा पकाएर राखेको खानेकुराले पेटमा संक्रमण हुने, अपच हुने संभावना रहन्छ ।त्यसैले दही-चिउरा खानु स्वस्थ्यवर्द्धक  मानिन्छ

त्यस्तै दहीमा भएको व्याक्टेरियाले पाचन पक्रियामा सघाउ पुर्‍याउँछ । त्यसैगरी गर्मीमा यो पेयले शरीरलाई सितलता प्रदान गर्छ । दहीमा कार्बोहाइड्रेट, भिटामिन बि, सि हुन्छ, यसले शरीरलाई फुर्तिलो बनाइराख्न सहयोग गर्छ । चिउरा सड्ने, गल्ने, बासी नहुने भएकाले स्वास्थ्यवर्द्धक खानेकुरा हो ।

दहीका फाइदा 
– दहीले मांशपेसी र हाड बलियो बनाउन मद्दत गर्छ ।
– रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
– दही बनाउने ल्याक्टोब्यासिलस ब्याक्टेरियाले पाचन प्रक्रियामा सहयोग पुग्छ ।
–दहीमा क्याल्सियम र मिनरल बढी मात्रामा पाइन्छ ।
– पेट गडबडी हुँदा अर्थात् पखाला लागेको समयमा दहीको सेवन गर्दा पखाला कम हुन्छ ।

चिउराका फाइदा
– चिउरा पकाउनु नपर्ने भएकाले हामीले जुनसुकै परिकारका साथ खान सकिन्छ ।
– प्रशस्त कार्बोहाइड्रेड भएकाले काम गर्न शक्ति प्रदान गर्छ ।
– फलामको ओखलमा कुटेको चिउरामा आइरनको मात्रा बढी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्