नेपाल बैंक लिमिटेडको नयाँ शाखा तालचोकमा उद्घाटन

पोखरा, १० जेठ । कास्की जिल्ला पोखरा महानगरपालिका वडा नंं २७ तालचोक लेखनाथ स्थित तालचोकमा नेपाल बैंक लिमिटेडको शाखा उद्घाटन भएको छ ।

पोखरा महानगरपालिकाका नगर प्रमुख मान बहादुर जि.सि. र नेपाल बैंक लिमिटेडका का.मु. प्रमुख कार्यकारी अधिकृत कृण्ण बहादुर अधिकारीवाट संयुक्त रुपमा विहिवार भब्य समारोहकाबीच समुद्घाटन सम्पन्न गरिएको छ ।

बिभिन्न उद्योगी, व्यवसायी, स्थानिय समाजसेव, विभिन्नसँग सस्थाका प्रमुख साथै स्थानीय ग्राहकहरुको उल्लासमय उपस्थिति रहेको उक्त कार्यक्रमका लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरी भण्डारी, पोखरा चेम्वर अफ कमर्सका अध्यक्ष किसान सुनार, समाजसेवी वावुराम गिरी लगायतले देशको पहिलो बैंक नेपाल बैंकलाई सम्पूर्ण नेपालीहरुको पहिलो रोजाइको बैंक समेत बन्ने शुभकामना प्रदान गर्नुभयो ।

हाल गण्डकी प्रदेशका गोर्खा जिल्ला बाहेकका सम्पूर्ण जिल्लाहरुमा बिभिन्न २० वटा शाखाहरु मार्फत यस बैंकले सरकारी कारोवार सहितका बिभिन्न अत्याधुनिक बैंकिङ्ग सुबिधाहरु प्रदान गर्दे आईरहेकोमा निकट भबिष्यमा गोर्खा जिल्ला सहित गण्डकी प्रदेशका अन्य विभिन्न क्षेत्रहरुमा समेत बैंकका थप नयाँ शाखाहरु स्थापनाको क्रममा रहेका हुँदा बैंकले आफ्नो उपस्थितिलाई थप दरिलो बनाउँदै लैजाने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ कार्तिक । चितवनको पर्यटकीय स्थल जलविरे (लामो झरना) घुमेर फर्कने क्रममा कार दुर्घटना हुँदा एक भारतीय नागरिकको घटनास्थलमै

काठमाडौँ, १८ कार्तिक । कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान शिवराज नगरपालिका–५, चन्द्रौटा खसी

काठमाडौँ, १८ कार्तिक । रूपन्देहीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा शुद्धोधन गाउँपालिका–७, भगलापुर बस्ने

काठमाडौँ, १८ कार्तिक । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा कोदालो प्रहारबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार