काठमाडौँ, २० बैशाख । एक सातामा नेप्से परिसूचक बढेको छ भने सेन्सेटिभ परिसूचक घटेको छ ।
यो साता शेयर बजारमा परिसूचक नेप्से २ दशमलव २७ अंकले बढेको छ । साताको पहिलो दिन आइतबार १ हजार २ सय ९२ दशमलव १२ अंकमा खुलेको बजार ४ दिन कारोबार हुँदा २ दशमलव २७ अंकले बढेको छ ।
आइतबार एकै दिन २२ दशमल ३१ अंकले नेप्से बढेको थियो । तर त्यस यता नेप्से ३ दिन घट्यो तरपनि नेप्से समग्रमा बढेको देखिन्छ ।अर्कोतर्फ ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने घटेको छ ।
सेन्सेटिभ परिसूचक १ दशमलव ८५ हंकले घटेको हो । सेन्सेटिभ परिसूचक घट्दा बजारमा राम्रा मानिएका कम्पनीहरुको शेयरको मूल्य घटेको बुझिन्छ । साताभर ४ अबए ४१ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।






