काठमाडौँ, १९ वैशाख । आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा ३ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै, आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





