काठमाडौँ, ११ वैशाख । आज सुनचाँदीको मूल्य घटेको छ ।
आज छापावाला सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ५८ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज सुन १ सय र चाँदी १० रुपैयाँले घटेको हो ।
चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।





