काठमाडौँ, १० वैशाख । आज शेयर बजारमा झिनाे अङ्कले सुधार आएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक आज ३ दशमलब ७४ अङ्कले बढेको छ । नेप्से परिसूचक ० दशमलब ३ % ले बढेर एक हजार २६० दशमलब ६८ विन्दुमा पुगेको छ ।
कूल १७६ कम्पनीको १८ लाख १ हजार ५२२ कित्ता शेयर रु ६१ करोड ४१लाख ४७ हजार ४११ मूल्यमा खरिद बिक्री भएको छ ।





