काठमाडौँ, २७ चैत । आज बुधबार सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा २ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ६० हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै, आज चाँदी १० रुपैयाँले घटेर प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





