काठमाडौँ, २५ चैत । नेप्से सूचक सोमबार ९.३२ अंकले बढेर ११९१.६८ विन्दुमा पुगेको छ ।
१७० कम्पनीको ९० करोड ६९ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । २९ लाख ५१ हजार ४७८ कित्ता सेयर खरिदबिक्री भएका छन् ।
सबैभन्दा धेरै जीवन बिमा समूहको सूचक १६७.५ अंकले माथि लागेको छ । यता, वाणिज्य बैंक समूहको सूचक पनि ४.९८ अंकले बढेको छ ।
कारोबार रकममा एनआइसी एसिया बैंकले अग्रता लिएको छ । यसको ७ करोड ६३ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः एनएमबि बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक परेका छन् ।






