काठमाडौँ, १९ चैत । सन्राइज बैंक लिमिटेड तथा डलर स्मार्र्र्ट ग्लोबलबीच विप्रेषण सेवा सम्बन्धी सम्झौता भएको छ ।
विप्रेषण सेवा अनलाइन रेमिट्यान्स प्रणालीको भएको हुदा अष्ट्रेलिया र हङ्ग्रकङ्गमा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन अझ सरल र सुलभ हुने आशा गरिएको छ ।
हाल यो सुविधा अष्ट्रेलिया र हङ्रकङ्रमा मात्र रहेको र आउने दिनहरुमा डलर स्मार्टको शाखा बिस्तार सहित अन्य मुलुकहरुमा समेत सेवा बिस्तार गरिने छ । यसरी पठाएको पैसा केही मिनेटमै सनराइज बैंकका १०४ वटै शाखा तथा बैंकका देशभरी छरिएका एजेन्ट सञ्जाल मार्फत सजिलै नगद प्राप्त गर्न सकिनेछ ।
साथै बैंक खाताको हकमा भने, यो सेवा सनराइज बैंकको खातामा मात्र सीमित नभइ देशका अरु विभिन्न वाणिज्य र विकास बैंकको खाताहरुमा समेत एकैदिनमा रकम जम्मा हुने व्यवस्था मिलाइएको छ ।






