काठमाडौं, १७ चैत । आज आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
आज छापावाला सुनको मूल्य स्थिर रहँदै प्रतितोला ५९ हजार ७ सय रुपैयाँमै कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ५९ हजार ४ सय रुपैयाँमै कारोबार भईरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहँदै प्रतितोला ७ सय ३० रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





