नदीमा एक युवकको शव भेटियो

पर्सा, १६ चैत । पर्साको गंगोल नदीमा आज एक युवकको शव फेला परेको छ ।

कालिकामाई गाउँपालिका वडा नं. ३ हरिहरपुर गंगोल नदीमा पोखरीया नगरपालिका वडा नं. १ वनकटवा घर भएका २० वर्षीय पवन पटेलको शव फेला परेको हो ।

गंगोल नदीमा युवकको शव र ना ३४ प ९००० नम्बरको मोटरसाइकल देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा राति मोटरसाइकलसहित नदीमा खसेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । त्यस्तै शव पोष्टमार्टमका लागि नारायणी अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

विराटनगर, ८ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज तेस्रो पटक विश्वासको मत लिँदैछन् ।  कार्कीले आज दिउँसो २ बजे

काठमाडौँ, ८ भदौ । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलले प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत लिने प्रदेशसभा बैठकमा

कञ्चनपुर, ८ भदौ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन सुकुमवासीलाई लालपुर्जा पाउनेमा ढुक्क भएर

काठमाडौँ, ८ भदौ । सङ्घीय संसदअन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका विभिन्न पाँचवटा संसदीय समितिहरूको बैठक आज बस्ने भएका छन् ।