इराकमा सशस्त्र समूहका हतियार एक महिनाभित्र राज्यको नियन्त्रणमा ल्याइने

एजेन्सी, ८ भदौ । इराकले सशस्त्र समूह तथा मिलिसियासँग रहेका हतियार राज्यको नियन्त्रणमा ल्याउने प्रक्रिया सुरु गर्ने भएको छ ।

राष्ट्रिय सुरक्षा सल्लाहकार कासिम अल–आराजीका अनुसार अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय गठबन्धन आगामी सेप्टेम्बर ३० मा फिर्ता भएपछि हतियार नियन्त्रणमा लिने प्रक्रिया क्रमशः अघि बढाइनेछ ।

अल–आराजीले यो निर्णय ‘रणनीतिक इराकी निर्णय’ भएको भन्दै सशस्त्र समूहसँग भिडन्त नगरी संवादमार्फत प्रक्रिया अघि बढाइने बताए ।

इरानसँग निकट केही सशस्त्र समूहले भने निशस्त्रीकरणको विरोध गर्दै आएका छन् । कताइब हिज्बुल्लाहले विदेशी सेना पूर्ण रूपमा फिर्ता हुनुपर्ने, उत्तरी इराकबाट टर्कीका सेना हट्नुपर्ने तथा कुर्दिस लडाकु समूह पेस्मेर्गा विघटन हुनुपर्ने माग राखेको छ ।

सरकारले भिडन्तलाई ‘रातो रेखा’ मानेको भन्दै अल–आराजीले सशस्त्र समूहका लडाकुको अधिकार सुनिश्चित गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २३ असाेज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत Ms. Francoise Puig-Unza (फ्रान्स्वाज पुइग–इन्जा)

काठमाडौँ, २३ असाेज । जिल्ला भूमि समस्या समाधान समिति डधेल्धुराले साविकको जोगबुढा गाविस वडा नं १ (हाल परशुराम न.पा. वडा

महोत्तरी, २३ असाेज । महोत्तरीको एकडारा गाउँपालिका १ (साविक एकडारा गा.वि.स वडा नं १,२,३,४ र ६) का २५० परिवारले नापजाँच

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र