इराकमा सशस्त्र समूहका हतियार एक महिनाभित्र राज्यको नियन्त्रणमा ल्याइने

एजेन्सी, ८ भदौ । इराकले सशस्त्र समूह तथा मिलिसियासँग रहेका हतियार राज्यको नियन्त्रणमा ल्याउने प्रक्रिया सुरु गर्ने भएको छ ।

राष्ट्रिय सुरक्षा सल्लाहकार कासिम अल–आराजीका अनुसार अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय गठबन्धन आगामी सेप्टेम्बर ३० मा फिर्ता भएपछि हतियार नियन्त्रणमा लिने प्रक्रिया क्रमशः अघि बढाइनेछ ।

अल–आराजीले यो निर्णय ‘रणनीतिक इराकी निर्णय’ भएको भन्दै सशस्त्र समूहसँग भिडन्त नगरी संवादमार्फत प्रक्रिया अघि बढाइने बताए ।

इरानसँग निकट केही सशस्त्र समूहले भने निशस्त्रीकरणको विरोध गर्दै आएका छन् । कताइब हिज्बुल्लाहले विदेशी सेना पूर्ण रूपमा फिर्ता हुनुपर्ने, उत्तरी इराकबाट टर्कीका सेना हट्नुपर्ने तथा कुर्दिस लडाकु समूह पेस्मेर्गा विघटन हुनुपर्ने माग राखेको छ ।

सरकारले भिडन्तलाई ‘रातो रेखा’ मानेको भन्दै अल–आराजीले सशस्त्र समूहका लडाकुको अधिकार सुनिश्चित गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

विराटनगर, ८ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज तेस्रो पटक विश्वासको मत लिँदैछन् ।  कार्कीले आज दिउँसो २ बजे

कञ्चनपुर, ८ भदौ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन सुकुमवासीलाई लालपुर्जा पाउनेमा ढुक्क भएर

मकवानपुर, ८ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार दिउँसो १ बजे

काठमाडौँ, ८ भदौ । सङ्घीय संसदअन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका विभिन्न पाँचवटा संसदीय समितिहरूको बैठक आज बस्ने भएका छन् ।