मुख्यमन्त्री थापालाई विश्वासको मत दिन एमाले बागमतीका सांसदलाई ह्वीप

काठमाडौँ, ८ भदौ । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलले प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत लिने प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई निर्देशन दिएको छ ।

एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक एकालाल श्रेष्ठले सोमबार जारी गर्नुभएको निर्देशनमा मुख्यमन्त्री थापा मगरले नेपालको संविधानको धारा १८८ (४) बमोजिम प्रदेशसभामा विश्वासको मत प्राप्त गर्ने प्रस्ताव राख्ने भएकाले प्रदेशसभा बैठकमा अनिवार्य सहभागी हुन भनिएको छ ।

निर्देशनमा एमालेका प्रदेशसभा सदस्यहरूलाई मुख्यमन्त्री थापा मगरले प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्नसमेत आग्रह गरिएको छ । मुख्यमन्त्रीले विश्वासको मत लिन लागेकाले एमाले संसदीय दलले आफ्ना सांसदलाई ह्वीप जारी गर्दै प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र