काठमाडौं, १५ चैत । आज शुक्रबार पनि सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा ६ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै,आज चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भईरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





