शेयर बजार घट्यो

काठमाडौँ, १४ फागुन । धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७ दशमलव १७ बिन्दुले घटेर एक हजार १०२ दशमलव ५६ विन्दुमा झरेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ५६ विन्दुले घटेर २३४ दशमलव २२ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६५ कम्पनीको छ लाख ५३ लाख २८ कित्ता शेयर कारोवार भए । आज रु १६ करोड ५६ लाख ७२ हजार २५८ मूल्यमा खरीद बिक्री भएको छ ।

बैंकिङ ४.६, होटल २६.९४, विकास बैंक ४.७२, जलविद्युत् ६.४७, वित्त २.६५, निर्जीवन बीमा ४५.०२, उत्पादन २१.५, अन्य ७.७६, लघुवित्त १४.३३ र जीवन बीमा ३१.२४ विन्दुले घटेको छ ।

घटेको बजारमा नेशनल हाइड्रोपावरका शेयरधनीले तीन दशमलव ३३, पूर्णिमा विकास बैंक दुई दशमलव ६७, गुर्खाज फाइनान्स लिमिटेड एक दशमलव ९८, ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्थाका शेयरधनीले एक दशमलव ९० प्रतिशतले कमाएका छन् ।

यस्तै जोशी हाइड्रोपावरका शेयरधनीले सात दशमलव ८५, नाडेप लघुवित्त वित्तीय संस्था तीन दशमलव ९६, हिमालयन डिस्ट्रिलरीका शेयरधनीले तीन दशमलव ९२ र स्वदेशी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले तीन दशमलव ७७ प्रतिशतले कमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ कार्तिक । आन्द्रे रसेल चम्कँदा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा दोस्रो जित निकालेको छ । आन्द्रे

काठमाडौँ, १६ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो

काठमाडौँ, १४ कार्तिक । अविरल वर्षाका कारण नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा साबिक विजेता लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल

काठमाडौँ, १३ कार्तिक । कर्णाली याक्सका सोमपाल कामीले प्लेयर अफ द म्याचबापत प्राप्त पुरस्कार रकम सडकमा रहेका जनावरको संरक्षणमा खर्च