विद्यार्थी संगठनद्वारा त्रिवि उपकूलपतिको कार्यालय घेराउ

काठमाडौं, ६ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का विद्यार्थी संगठन अनेरास्वविय र अनेरास्ववियु (क्रान्तिकारी)ले त्रिभुवन विश्वविद्यालयका उपकूलपतिको कार्यालय घेराउ गरेका छन्।

आज विद्यार्थी संगठनले तत्काल स्वविय चुनावको तालिका सार्वजनक गर्न माग गर्दै भिसि कार्यालय घेराउ गरेका हुन ।

चैत्र १४ गते भित्र निर्वाचन सम्पन्न हुने गरी स्ववियू निर्वाचनको कार्यतालिका सार्वजनिक नगरे त्रिवि पदाधिकारी विरुद्ध आन्दोलन गर्न समेत बताएका छन् ।

उपकुलपति तीर्थ खनियाँको कार्यालय नै घेराउ गरेपछि रजिस्टार डिल्लीराम उप्रेतीले विद्यार्थीहरुलाई सम्बोधन गर्दै छिट्टै निर्वाचन गर्ने प्रतिबद्धता जनाएको अखिलका नेता आरसी लामिछानेले बताए ।

घेराउका क्रममा विद्यार्थी नेताहरुले स्ववियु निर्वाचन टार्न लागि परेको भन्दै त्रिविका उपकूलपति खनियाँको राजीनामा माग गर्दै चर्का नाराबाजी पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ कार्तिक । सरकारले कम्पनी दर्ता नवीकरण र विवरण अद्यावधिक नगरेका कम्पनीलाई लाग्ने कर, दस्तुर तथा जरिबाना मिनाहा गर्ने म्याद

काठमाडौँ, १३ कार्तिक । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राज्यका संवेदनशील अंगहरू नै विवादमा तानिनु विडम्बनापूर्ण रहेको बताएका छन् ।  सबै

जनकपुरधाम, १३ कार्तिक । जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री

काठमाडौँ, १३ कार्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण निम्तिएका सङ्कटहरू कुनै एक