रासस बलियो भए सरकार बलियो हुन्छ : सांसद बस्नेत

भक्तपुर, ५ फागुन । रमेश गिरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, प्रतिनिधीसभाका सांसद एवं पूर्व उद्योग मन्त्री महेश बस्नेतले राष्ट्रिय समाचार समिति (रासस) बलियो भएर सरकार बलियो हुने बताउनु भएको छ ।

राससको ५८ औं वार्षिकोत्सवको अवसरमा आज रासस भक्तपुर जिल्ला सम्पर्क कार्यालयले आयोजना गरेको “स्थानीय तहको विकासमा रासस” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

सांसद बस्नेतले रासस मिडियाको पनि मिडिया भएको र विश्वसनीय समाचार संस्थाको रुपमा रहेको चर्चा गर्नुभयो । सांसद बस्नेतले भन्नुभयो– “राससलाई सरकारले बलियो र संस्थागत बनाउनु पर्छ, अनि राससले जिल्लालाई बलियो र संस्थागत बनाउँनु पर्छ, सरकारको कामलाई आमनागरिकमा ल्याउने रासस बलियो भए सरकार बलियो हुन्छ ।”

उहाँले राससले स्थानीय तहमा संविधानले प्रदान गरेको ऐन, कानून र अधिकार कार्यान्वयनदेखि विकासका सन्दर्भमा समाचार सम्प्रेषणलाई प्राथमिकता दिनु पर्ने उहाँले औल्याउनुभयो । चाँगुनारायण ईन्जिनियरिङ्ग कलेजमा अध्यक्ष लम्बोदरले गरेको भ्रष्टाचारलाई मिडियाले चर्को रुपमा बाहिर ल्याउँदै कलेज नगरपालिकालाई सरकारले हस्तान्तरण गर्नुपर्ने भनाई राख्नुभयो ।

कार्यक्रममा प्रदेश नं. ३ का प्रदेश सदस्य शशीजंग थापाले अहिलेको प्राथमिकता विकास पत्रकारिताको रहेको बताउदै सरकारको सरकारको समृद्धिको यात्रा सफल बनाउने संचार माध्यम रासस भएको चर्चा गर्नुभयो । राससमा कुनियत राखेर लेखिएका समाचार नआउने बताउदै उहाँले स्थानीय तहका खोजमूलक समाचारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा राससका अध्यक्ष हरिहर अधिकारी (श्यामल) ले राज्यको आवश्यकता रासस रहेको बताउदै उहाँले समाचारमा जनताको महत्वकांक्षा चुलिदै गएपनि राससमा भए भने २०१९ को ऐनमा टेकेर अझै काम गर्नुपर्दा हात बाधिएको बताउनुभयो ।

अध्यक्ष श्यामलले भन्नुभयो–“संघीय संरचनामा रासस गईसक्यो, नयाँ संशोधित एने आउदैछ, ऐन आएपछि काम गर्न सहज हुनेछ, रासस बलियो भए मात्रै स्थानीय सरकार पनि बलियो हुन्छ, त्यसैले राससलाई स्थानीय सरकारको सहयोगको पनि आवश्यकता छ ।” प्रधानमन्त्री र संचारमन्त्री राससप्रेमी र सहयोगी भएकाले काम गर्न उत्प्रेरणा मिलेको बताउदै उहाँले राससलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभयो ।

त्यसअवसरमा राससका महाप्रबन्धक ओपेन्द्र शर्माले राससका समाचार सयौ संचारमाध्यममा जाने बताउदै यो सरकारको मात्रै समाचार लेख्ने संस्था नभई आमनागरिकसंग सरोकार राख्ने सबै विषयको समाचार उत्पादन र वितरण गर्ने संस्था भएको बताउनुभयो । उहाँले भन्नुभयो–“राससले ७७ वटै जिल्ला र सात वटै प्रदेशबाट समाचार संकलन र उत्पादन गर्ने काम गरिरहेको छ, अब प्रदेशस्तरबाटै समाचार दिने गरि व्यबस्थापन गर्न लागेका छौ ।”

कार्यक्रममा राससका प्रमुख सम्पादक श्याम रिमालले भक्तपुर प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्री, मन्त्रीहरु, सचिवहरु, उच्च पदस्थ अधिकारीहरुको बसोबार रहेको भक्तपुर जिल्ला समाचारको खानीको रहेको बताउनुभयो । उहाँले भन्नुभयो–“भक्तपुरको कुनै पनि समाचार छुट्न हुदैन, यो जिल्ला समाचारको खानी भएको जिल्ला हो, त्यसैले भक्तपुर न्यूज मेकरको जिल्ला बन्नुपर्छ ।”

प्रमुख जिल्ला अधिकारी नारायण भट्टले रासस जनता र सरकार बिचको विश्वसनीय सेतु र उन्नत समाचार संस्थाको रुपमा रासस अगाडि बढेको चर्चा गर्नुभयो ।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले राससले स्थानीय सरकारसंग प्रतक्ष्य भूमिका खेल्दै स्थानीय सरकारलाई संविधानले दिएको अधिकारलाई राससले उजागर गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले राससका समाचारमा विश्वसनीयताको आधार भएको बताउनुभयो ।

सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले संघीय, प्रदेश र स्थानीय सरकारसंग समन्वायत्म रुपमा रासस अगाडि बढ्दै विकासका समाचारलाई प्राथमिकतामा राखेर जानुपर्ने औल्याउनुभयो ।

मध्यपुरथिमि नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवालीले राससले सरकारको आधिकारिताको नेतृत्व लिदै विशेष संयन्त्र बनाएर प्रदेशदेखि स्थानीय सरकारसम्म समाचारको प्रभाव बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले शुसासन, विकास, निर्माण, स्थानीय सरकारको कानूनदेखि अधिकारसम्मका विषयमा राससले प्रभावकारी रुपमा समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभयो ।

रासस भक्तपुर जिल्ला समाचारदाता रमेश गिरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा महानगरीय प्रहरी परिषर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक हिमालय श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका प्रशासकीय अधिकृत धनश्याम न्यौपाने, नेपाली सेनाको बीरदल गणका गणपति शिवहरी पौडेल, जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुक्वर, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्कर बुढाथोकी, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य सोम शर्मा बजगाई, चलचित्र निर्देशकध एवं हनुमन्ते नदी सफाईका अभियन्ता मदन घिमिरे, पत्रकारहरु रमेश खड्का, विकल श्रेष्ठ, पेशल आचार्य लगायतले स्थानीय समाचारलाई राससले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ कार्तिक । सरकारले कम्पनी दर्ता नवीकरण र विवरण अद्यावधिक नगरेका कम्पनीलाई लाग्ने कर, दस्तुर तथा जरिबाना मिनाहा गर्ने म्याद

काठमाडौँ, १३ कार्तिक । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राज्यका संवेदनशील अंगहरू नै विवादमा तानिनु विडम्बनापूर्ण रहेको बताएका छन् ।  सबै

जनकपुरधाम, १३ कार्तिक । जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री

काठमाडौँ, १३ कार्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण निम्तिएका सङ्कटहरू कुनै एक