अख्तियारका आयुक्त पाठकलाई कडा कारवाही हुनुपर्छ : वरिष्ठ नेता पौडेल

तनहुँ, ५ फागुन । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकमाथि कडा कारवाही हुनुपर्ने बताउनुभएको छ ।

आज तनहुँको दमौलीमा सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले भ्रष्टाचारमा सङ्लग्नलाई राजीनामा गराएर उन्मुक्ति दिन नहुने बताउनुभएको छ । उहाँले भ्रष्टाचारको आरोपमा मुछिएपछि राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त पाठकलाई कडा भन्दा कडा कानुनी कारवाही गर्नुपर्ने बताउनुभयो ।

देश विकासको प्रमुख बाधक भ्रष्टाचार रहेको उल्लेख गर्दै उहाँले भ्रष्टाचारमा सङ्लग्नलाई कडाभन्दा कडा कारवाही गर्नेतर्फ सरकार अग्रसर हुनुपर्ने बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले सुशासन र शान्ति सुरक्षा विकासको पहिलो शर्त भएकाले यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले संसद्मा काङ्ग्रेसको भूमिका प्रभावकारी नभएको बताउँदै राष्ट्रिय महत्वका विषयमा काङ्ग्रेसले सदनबाट आवाज उठाउनुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ कार्तिक । सरकारले कम्पनी दर्ता नवीकरण र विवरण अद्यावधिक नगरेका कम्पनीलाई लाग्ने कर, दस्तुर तथा जरिबाना मिनाहा गर्ने म्याद

काठमाडौँ, १३ कार्तिक । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राज्यका संवेदनशील अंगहरू नै विवादमा तानिनु विडम्बनापूर्ण रहेको बताएका छन् ।  सबै

जनकपुरधाम, १३ कार्तिक । जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री

काठमाडौँ, १३ कार्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण निम्तिएका सङ्कटहरू कुनै एक